Home साधारण सभा सन नेपाल लाईफकाे साधारण सभा साउन २५ गते

सन नेपाल लाईफकाे साधारण सभा साउन २५ गते

by अर्थन्यूज

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २५ गते नेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउसो ३ बजे सभा बोलाईएको हो ।

नयाँ बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पनि सभाका लागि तय गरेको छ । साथै आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण र आर्थिक वर्ष ०७६/७७ को लागि वर्तमान लेखापरीक्षक हरि मणि आचार्यलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चालक नियुक्तीको विषय पनि अनुमोदन गर्नेछ । कम्पनीको शेयर रजिष्ट्रार कार्यालयमा अभिलेख रहेको शेयर लगतको आधारमा शेयरधनीहरुको रेकर्ड कायम गरी सभालमा उपस्थित गराउने जानकारी कम्पनीले दिएको छ । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीले गरेको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More