Home कोरोना विशेष २४ घण्टामा २२३७ संक्रमित थपिए, १८ जनाको मृत्यु

२४ घण्टामा २२३७ संक्रमित थपिए, १८ जनाको मृत्यु

by अर्थन्यूज

नेपालमा गत २४ घण्टामा २२३७ जना कोरोना संक्रमित थपिएका छन् ।

देशभर १३८३४ जनामा गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा २२३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २०५० जना निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा निको भएको दर ९४.८ प्रतिशत रहेको छ । हालसम्म नेपालमा ९७१३ जनाको मृत्यु भएको छ ।

नेपालमा कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउनेको संख्या ३३ लाख ८३ हजार ३८ जना रहेको छ भने पूर्णमात्रा लगाउनेको संख्या १३ लाख ९८ हजार १ सय ७८ जना रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More