Home आईपीओ नबिल बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

नबिल बैंकको ऋणपत्र आजदेखि बिक्री खुला

by अर्थन्यूज

नबिल बैंकले आजदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा कुल ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।

यसमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सकिनेछ । बाँकी १८ लाख इकाई बैंक आफै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । ऋणपत्रमा वार्षिक ८ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल बैंक डिबेन्चर २०८५’ ऋणपत्र जारी गरेको हो । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । ऋणपत्रमा साउन १३ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More