Home कोरोना विशेष कोरोना विरुद्धको खोप लगाउन अब अनलाइन फाराम भर्नुपर्ने

कोरोना विरुद्धको खोप लगाउन अब अनलाइन फाराम भर्नुपर्ने

by अर्थन्यूज

काठमाडौं उपत्यकामा अबदेखि कोरोना विरुद्धको खोप लगाउन अनलाइन (विद्युतीय) फाराम भर्नुपर्ने व्यवस्था लागू गरिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ वर्षदेखि ५० वर्षका नागरिकहरुले अनलाइन फाराम भरेर प्राप्त गरेको दर्ता नम्बर ल्याएपछि मात्रै कोरोनाको खोप उपलब्ध हुनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको साउन १ गतेको पत्रअनुसार अनलाइनमार्फत कोरोना खोप लगाउने निर्णय भएको कार्यालयले जनाएको छ । साथै, १८ देखि ५० वर्षका नागरिकलाई सकेसम्म चाँडो अनलाइन आवेदन फाराम भर्न पनि कार्यालयले जनाएको छ । खोपका लागि आवेदन फाराम भर्न स्वास्थ्य मन्त्रालयको वेवसाइट भिजिट गर्नुपर्ने हुन्छ ।

खोपका लागि आवेदन भर्न यहाँ क्लिक गर्नुहोस् अनि भर्नुहोस्:

https://vaccine.mohp.gov.np/

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More