Home अर्थतन्त्र राष्ट्र बैंकको नयाँ निर्देशनले बैंकको बोनस शेयर बढ्ने

राष्ट्र बैंकको नयाँ निर्देशनले बैंकको बोनस शेयर बढ्ने

by अर्थन्यूज

नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशनले बैंक तथा वित्तीय सस्थाहरुको बोनस शेयर बढ्ने भएको छ । राष्ट्र बैंकले सोमबार जारी गरेको नयाँ निर्देशनमा २०७८ असार मसान्त भित्रमा असुल हुने पर्ने ब्याज उठान भदौ १५ गतेसम्म पुर्याएकाले बैंकको वितरण योग्य नाफामा वृद्धि हुने देखिएको हो ।

भदौ १५ गतेसम्म म्याद थप भएकाले बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरण प्रकाशित गर्ने समय थप हुने र खराब कर्जा व्यवस्थापन सहज हुदा वितरण योग्य नाफा बढ्ने नलिब बैंकका डेपुटी जनरल म्यानेजर मनोज ज्ञावलीले बताएका छन् ।

राष्ट्र बैंकले ऋणमा पनि प्रोभिजनिङ बढाएको छ । राष्ट्र बैंकले असल ऋणमा प्रोभिजनिङ १.३ प्रतिशत पुर्याएको छ । यसअघि असल ऋणमा १ प्रतिशत मात्र प्रोभिजनिङ गरे पुग्ने थियो । यसले गर्दा हाल ४१.५ खर्ब कर्जामध्ये खराब कर्जा र पुनरतालिकीकरण गर्दा ३९ खर्बमा थप ०.३० प्रतिशत खराब कर्जा थप हुने ज्ञावालीको विश्लेषण छ । त्यस्तै, ११.७ खर्ब थप कर्जा नोक्सानीका लागि व्यवस्थापन गर्न पर्ने देखिने उनको भनाइ छ ।

राष्ट्र बैंकले पहिले गइसकेको ऋणमा कोभिड १९ महामारीको समयमा पुनरुत्थान भनेर चालु पुँजीको २० प्रतिशत र आवधिक ऋणको १० प्रतिशतसम्म थप नगद दिने ब्यवस्था गरेको थियो । अतिरिक्त ऋणमा १ प्रतिशत  प्रोभिजनिङ गर्दा हुनेमा अहिलने ५ प्रतिशत पोभिजनिङ गर्नु पर्ने भएको छ ।

तर, प्रोभिजनिङमा गरिएको नयाँ ब्यवस्थाले लाभांस वितरण क्षमतामा ३० प्रतिशतसम्मको गिरावट आउने छ । बैंक तथा वित्तीय संस्थाहरुको खुद नाफा ७.४ अर्ब कम हुनसक्ने छ । त्यस्तै, बढी कर्जा प्रभाव गरेका बैंकहरुको आर्थिक वर्ष २०७७/७८को नाफामा ठूलो असर पर्ने ज्ञावलीको विश्लेषण छ ।

आर्थिक वर्ष २०७७÷७८को लाभांश वितरणमा खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशत वा २०७८ असार मसान्तको कायम निक्षेपको भारीत औषदभन्दा बढी नहुने देखिएको छ । यस्तो वितरण योग्य मुनाफा ५ प्रतिशतभन्दा भएमा कर प्रयोजनका लागि बाहेक नगद लाभांश दिन नपाइने भएकाले बैंकहरुले अब बोनस शेयर दिन तर्फ लाग्ने समेत ज्ञावलीले तर्क गरेका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More