Home कोरोना विशेष बढ्न थाल्यो सङ्क्रमण : २४ घण्टामा झण्डै ४ हजार सङ्क्रमित

बढ्न थाल्यो सङ्क्रमण : २४ घण्टामा झण्डै ४ हजार सङ्क्रमित

by अर्थन्यूज

दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमण घट्दै गइरहेको समयमा पछिल्ला केही दिनहरुमा सङ्क्रमणको दर बढ्न थालेको छ ।

नेपालमा अहिलेसम्म परीक्षण गरिएकामध्ये औषतमा २० प्रतिशतमा कोरोना भाइरसको सङ्क्रमण देखिँदै आएकोमा आज २२ दशमलव २६ प्रतिशतमा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयले मङ्गलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार देशभरका विभिन्न जिल्लाहरुमा १७ हजार ५१८ जनाको नमूना परीक्षण गर्दा ३ हजार ८९९ जनामा सङ्क्रमण देखिएको छ ।

यो सङ्ख्या डेढ महिनायताकै बढी हो । आज १२ हजार ६५५ पिसिआर परीक्षणबाट २ हजार ७२६ र ४ हजार ८६३ एण्टिजेन परीक्षणबाट १ हजार १७३ जनामा सङ्क्रमण पाइएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

यही अवधिमा १ हजार ७७८ जनामा सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४७ हजार ७९ पुगेको छ भने थप २० जनाको निधन भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ७५८ पुगेको छ ।

अहिले देशभर २८ हजार ८३६ सक्रिय सङ्क्रमित रहेका छन् । तीमध्ये ८० प्रतिशतभन्दा बढी होम आइसोलेसनमा रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More