Home साधारण सभा ओरियण्टल होटल्सकाे साधारण सभा असोज १९ गते

ओरियण्टल होटल्सकाे साधारण सभा असोज १९ गते

by अर्थन्यूज

ओरियण्टल होटल्स लिमिटेडले असोज १९ गते २४औं वार्षिक साधारण सभा बोलाएको छ । होटल्सले कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा भर्चुअल माध्यमबाट विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाका लागि होटल्सले यस वर्ष लाभांश सम्बन्धी कुनै पनि लाभांश प्रस्ताव गरेको छैन् । सभाले गत आर्थिक वर्ष ०७७÷७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ ।

साथै संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । एक जना स्वतन्त्र सञ्चालक नियक्तिको विषय अनुमोदन गर्ने कार्यक्रम समेत सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि होटल्सले असोज ४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More