Home कर्पोरेट लिटमस केबलको ब्राण्ड एम्वेसडरमा हमाल दम्पति

लिटमस केबलको ब्राण्ड एम्वेसडरमा हमाल दम्पति

by अर्थन्यूज

लुम्बिनी विद्युत उद्योग प्रालिले आफ्ना उत्पादनको प्रवद्र्धन एवं विस्तार गर्नको लागि नेपाली चलचित्रका महानायक राजेश हमाल तथा मधु  भट्टराई हमाललाई ब्राण्ड एम्बेसरडको रुपमा नियुक्त गरेको छ । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रबद्र्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रममा महानायक एवं मधुको उपस्थिति हुने छ ।

लुम्बिनी विद्युत उद्योग प्रालि सन १९७७ मा स्थापित नेपालको पहिलो एलमुनियम कन्डक्टर स्टिल रेनफोर्स कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादन बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबल उत्पादन गर्र्दै आएको कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनबाट आफ्ना उत्पादन गर्दै आइको छ । यो सँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटिमा नम्बर १ रहनको लागि हालै एडभान्स जर्मन प्रविधियुक्त मेसिनको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More