Home कोरोना विशेष पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि

by अर्थन्यूज

मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ८४४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १२ हजार ५२४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३३२ जना र ४ हजार ३२० जनाको एन्टिजेन परीक्षण गर्दा ४२८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाडौं उपत्यकामा ४९५ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ३६० जना, ललितपुरमा ७२ जना र भक्तपुरमा ६३ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै विगत २४ घण्टामा १ हजार २२० जना संक्रमणमुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More