Home कोरोना विशेष १५११ जनालाई कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?

१५११ जनालाई कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ?

by अर्थन्यूज

पछिल्लो २४ घण्टामा नेपालमा थप १५११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार २ सय ८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ गरी १ हजार ५११ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६८९ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौंमा २९३,
मोरङमा १२०,
ललितपुरमा ९८,
कास्कीमा ९३,
झापामा ८८
सुनसरीमा ६१
रुपन्देहीमा ४६,
भक्तपुरमा ३९,
मकवानपुरमा २५,
बाँकेमा १७,
जुम्लामा १५,
सुर्खेतमा १३,
काभ्रेपलाञ्चोकमा १२,
कैलालीमा ११
धनुषामा १०

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More