Home साधारण सभा ङादी ग्रुप पावरकाे साधारण सभा सम्पन्न, लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित

ङादी ग्रुप पावरकाे साधारण सभा सम्पन्न, लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित

by अर्थन्यूज

ङादी ग्रुप पावर लिमिटेडले आइतवार आठौं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांश र हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले क्विन्स क्याफे, अनामनगर, काठमाडौँमा सभा सम्पन्न गरेको हो  । सभाले आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

२० प्रतिशत बोनस पश्चात कायम हुने चुक्तापूँजी रू. ७० करोड ६९ लाख ३२ हजारको आधारमा १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि कम्पनीले पारित गरेको छ । कम्पनीले अन्य जलविद्युत कम्पनीलाई प्राप्ती गर्ने विषयलाई पनि सभामा छलफल गरी अन्तिम रुप दिने तयारी गरेको छ । बझाङ अपर सेती हाइड्रोपावर प्रोजेक्ट ७०.४० मेगावाटको सर्वेक्षण अनुमति पत्रको लागि आवेदन दिएको र सो सम्बन्धमा भए गरेका प्रगति विवरणहरु सभालाई जानकारी गराउदैं थप आवश्यक कार्यका लागि सञ्चालक समितलाई अख्तियारी दिने निर्णय पनि सभाले गरेको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गते बुक क्लोज गरेकाले भदौ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More