Home बैंकिङ सांग्रिला बैंकको नयाँ ब्याजदर सार्वजनिक

सांग्रिला बैंकको नयाँ ब्याजदर सार्वजनिक

by अर्थन्यूज

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले व्यक्तिगत मुद्धति निक्षेपमा १० प्रतिशत ब्याज भुक्तानी गर्ने सार्वजनिक गरेको छ । बैंकले ३ महिना र त्यसभन्दा बढी अवधिका व्यक्तिगत मुद्धति निक्षेपमा सर्वाधिक १० प्रतिशत ब्याजदरको अफर सार्वजनिक गरेको हो ।

बैंकले दशैं जस्ता महान पर्वको अवसरमा ०.५ प्रतिशत प्रिमियम समेत थप्न मिल्ने मुद्दति निक्षेप योजना सार्वजनिक गरिएको बताएको छ । अब व्यक्तिगत मुद्धति खातामा निक्षेप राख्नेले वार्षिक १० प्रतिशतसम्म ब्याज पाउने छन् । यसका साथै बैंकले संस्थागत मुद्धति पनि ९.५ प्रतिशत वार्षिक ब्याजदरको अफर सार्वजनिक गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More