Home कोरोना विशेष थप १०९५ जनामा कोरोना संक्रमण, २९५७ जना कोरोनामुक्त

थप १०९५ जनामा कोरोना संक्रमण, २९५७ जना कोरोनामुक्त

by अर्थन्यूज

पछिल्लो २४ घण्टामा नेपालमा १०९५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९७५ जना र एन्टिजन परिक्षण गर्दा १२० जना गरि जम्मा १०९५ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २९५७ जना कोरोनामुक्त भएका छन् योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९५.८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ८ रहेको छ ।  यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४८ रहेको छ । पछिल्लो २४ घण्टामा १३ हजार ८१७ जनाको कोरोना परिक्षण गरेका थिए भने २२ हजार १९२ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या २२ हजार ३२३ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More