Home अपराध लागुऔषधका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

लागुऔषधका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ

by अर्थन्यूज

जिल्ला प्रहरी कार्यालय लमजुङले ९ वर्षदेखि फरार रहेका लागुऔषध मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । बेँसीसहर नगरपालिका-७ बस्ने ३२ वर्षीय रवीन्द्र घलेलाई सोमबार गाउँमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउमा परेका रवीन्द्रविरुद्ध जिल्ला अदालत लमजुङले ४ वर्ष ६ महिना २९ दिन कैद र तीन हजार जरिवाना हुने फैसला सुनाएको थियो । घलेलाई जिल्ला अदालतमा पेस गरी कैद भुक्तानीको लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ जनाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More