Home बैंकिङ नेपाल इन्फ्रास्टक्चर बैंकले ८.५ % नगद लाभांश वितरण गर्ने

नेपाल इन्फ्रास्टक्चर बैंकले ८.५ % नगद लाभांश वितरण गर्ने

by अर्थन्यूज

नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) ले आर्थिक वर्ष २०७७/  ७८ सम्मको सञ्चित मुनाफामध्ये वितरण योग्य नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । गत सोमवार बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि समेत गरी ८ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले चुक्तापूँजी रू.२० अर्बको आधारमा नगद लाभांश वितरण गर्न लागेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंक तथा कम्पनी ऐन अनुसार अर्थ मन्त्रालयको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More