Home कर्पोरेट कुमारी बैंक र रोडीयो क्याफे बीच सहकार्य

कुमारी बैंक र रोडीयो क्याफे बीच सहकार्य

by अर्थन्यूज

कुमारी बैंक लिमिटेड र खुसिबू, काठमाडौंस्थित रोडीयो क्याफ एण्ड बार प्राइभेट लिमिटेड बीच आफ्ना ग्राहकलाई कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सम्झौतामा बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र क्याफेका निर्देशक सुचित्रा महर्जनले हस्ताक्षर गरेका हुन । सम्झौता बमोजिम बैंकका ग्राहकवर्गले क्याफेका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।

जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रिय राख्ने लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको भन्दै सोही कुरालाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकलाई यस सहकार्य मार्फत विभिन्न सेवामा ग्राहकलाई छुटको व्यवस्था गरेको हो ।

बैंकले आफ्ना देशव्यापी १ सय ९६ शाखा सञ्जाल, १ सय ७३ एटिएम, ३३ शाखारहित बैंकिग ईकाई तथा १४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिग सुविधाहरु दिँदै आएकोे छ । आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता पनि बैकले ब्यक्त गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More