Home बैंकिङ राष्ट्र बैंकद्वारा ५ फाइनान्सलाई कारबाही

राष्ट्र बैंकद्वारा ५ फाइनान्सलाई कारबाही

by अर्थन्यूज

नेपाल राष्ट्र बैंकले ५ फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ । आर्थिक वर्ष ०७७/७८ मा स्थलगत सुपरिवेक्षणको आधारमा यी फाइनान्स कम्पनीहरुले तोकिएको मापदण्ड पुरा नगरेकाले कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ । ती फाइनान्स कम्पनीहरुलाई कारबाहीस्वरुप हर्जाना रकम तिराइएको छ । अनिवार्य मौज्दात कायम नगर्दा समृद्धि र गुडविल फाइनान्स कारबाहीमा परेका छन् ।

त्यस्तै तोकिएको दरमा विपन्न वर्गको कर्जा प्रवाह गर्न नसक्दा ललितपुर फाइनान्स ३ पटकसम्म कारबाहीमा परेको छ । विपन्न दरकै कर्जामा सिटी एक्सप्रेस फाइनान्स र जानाकी फाइनान्स कारबाहीमा परेका छन् । त्यस्तै ललितपुर फाइनान्स तोकिएको सिसिडी अनुपातमा मापदण्ड नपुग्दा पनि काराबाहीमा परेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More