Home अर्थतन्त्र पाँच दिनमै २० अर्ब घट्यो निक्षेप, कर्जा प्रवाह स्थिर

पाँच दिनमै २० अर्ब घट्यो निक्षेप, कर्जा प्रवाह स्थिर

by अर्थन्यूज

दशैंलगत्तै पाँच दिनमै २७ वाणिज्य बैंकबाट २० अर्ब निक्षेप घटेको छ । निक्षेप घट्नुले लगानीयोग्य रकममा बैंकहरु झनै असहज अवस्थामा पुगेको संकेत गर्छ ।  नेपाल बैंकर्स एसोसिएसनको तथ्याङ्कअनुसार असोज ३१ गतेसम्म २७ बैंकमा ४२ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा कात्तिक ५ गते घटेर ४२ खर्ब ४९ अर्ब कायम भएको छ । स्वदेशी र विदेशी मुद्रामा संकलन हुने निक्षेपमध्ये विदेशी मुद्रा मात्रै १६ अर्ब घटेको संघले जनाएको छ । यस अवधिमा कर्जा प्रवाह भने स्थिर छ ।

असोज मसान्तसम्म ३९ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा कात्तिक ५ गते पनि सोही रकम कायम भएको छ । समग्रमा यस आर्थिक वर्ष कात्तिक ५ गतेसम्म बैंकहरुमा जम्मा ४८ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ भने यसै अवधिमा कर्जा २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।निक्षेपलाई प्रोत्साहन गर्न भन्दै बैंकहरुले केही दिनअघि मात्रै वृद्धि गरेको ब्याजदरमा समेत राष्ट्र बैंकले हस्तक्षेप गरेपछि व्यक्तिगत र संस्थागत दुवैतर्फको मुद्दतीको ब्याजदर हाल एकल अंकमा खुम्चिएको छ । जबकि असोज महिनामै केही बैंकले व्यक्तिगत मुद्दतीमा दोहोरो अंकको ब्याजदर प्रदान गरेका थिए ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More