Home बैंकिङ एनआईसी एशिया बैंकद्वारा १५.७८९ प्रतिशत लाभांश प्रस्ताव

एनआईसी एशिया बैंकद्वारा १५.७८९ प्रतिशत लाभांश प्रस्ताव

by अर्थन्यूज

एनआईसी एशिया बैंक लिमिटेडको संचालक समितिको सोमवार सम्पन्न ५११औं बैठकले आ.व. २०७७÷७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (रू. १ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरेको छ । बैठकले उक्त प्रस्तावित लाभांश मध्ये १५ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ७३ करोड ४६ लाख) र ०.७८९ प्रतिशत नगद लाभांश (रू. ९ करोड १२ लाख ९४ हजार) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २४ औं वार्षिक साधारण सभाबाट स्वीकृति पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनीलाई वितरण गरिनेछ ।

बैंक गत आ.व. २०७७÷७८ मा प्रति शेयर आम्दानी रू. २८.१८ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफा करिब रू. ३ अर्ब २६ करोड आर्जन गर्न सफल भएको छ । बैंकको स्व–पुँजीमा प्रतिफल (च्यभ्) १७.०९ प्रतिशत रहेको छ र यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका वाणिज्य बैंकहरू मध्ये पहिलो स्थानमा रहन सफल भएको छ । आ.व. २०७७÷७८ मा कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पु¥याउन सफल भएको बैंकले बताएको छ ।

यसैगरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब रू. ८९ अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन करिब रू. २९८ अर्ब पु¥याएको छ । बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्य अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८८ प्रतिशत साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जा जस्ता विभिन्न रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ ।

बैंकले मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More