Home देश तिहार आएसंगै भाइमसलाको मुल्य बढ्यो

तिहार आएसंगै भाइमसलाको मुल्य बढ्यो

by अर्थन्यूज

तिहारको चहल–पहल संगै भाइमसलाको मूल्य केही अकासिएको छ । नरिवल, किसमिस, छोकडाको मूल्य अधिक बढेको छ ।
नरिवल किलोको सय रुपैयाँ महँगिएको छ भने छोकडा किलोको २ सय ५० रुपैयाँ पुगेको छ । यसअघि छोकडा किलोको १ सय १५ रुपैयाँ मात्रै थियो । किसमिस पनि किलोमा ३० रुपैयाँ बढेर ४ सय ३० रुपैयाँ कायम भएको छ ।

काजुको गुणस्तर हेरेर किलोको १ हजार ५ सय रुपैया देखि १ हजार ७ सय रुपैयाँ सम्म रहेको छ । पेस्ता किलोको १ हजार ८ सय रुपैयाँ छ । त्यसैगरी ओखरको मुल्य किलोको ५० रुपैयाँ घटेर ५ सय ५० रुपैयाँमा कायम भएको छ । अहिले सबैभन्दा धेरै घट्नेमा सुकमेल छ । अहिले सुकमेल किलोको तीन हजार रुपैयाँ कायम भएको छ ।

केही समय अघिसम्म सुकमेल किलोकै पाँच हजार रुपैयाँ हाराहारीमा थियो। मखना किलोको दुई हजार रुपैयाँ रहेको छ । किराना व्यवसायी तथा खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले भने भाई मसलाको मुल्य खासै नबढेको बताले ड्राइ फ्रुट्सको मूल्य खासै नबढेको बताएका छन । तर भाइमसलाको मुल्य पसलै पिच्छे फरक–फरक रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More