Home अर्थतन्त्र एनसीएचएलबाट ४१ खर्ब २० अर्बको कारोवार

एनसीएचएलबाट ४१ खर्ब २० अर्बको कारोवार

by अर्थन्यूज

चालु आर्थिक बर्षको असोज मसान्त सम्म नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीमार्फत ४१ खर्ब २० अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । सो कम्पनी मार्फत १ करोड ७१ लाखभन्दा बढी कारोबार प्रक्रिया र फरफारक भएको छ । गत बर्षको यही अवधिको तुलनमा अहिलेको कारोबार १ सय ७ प्रतिशत बढी हो ।

पहिलो त्रैमासमा २८ खर्ब ९ अर्ब बराबरको ४१ लाख ५३ हजारभन्दा बढी चेक कारोबार भएको छ । बैंकका शाखा तथा एनपीआइबाट आईपीएसमा गरिने कारोबार ५ खर्ब ५० अर्ब बराबरको ३२ लाख ८६ हजारभन्दा बढी भएको छ । त्यसै गरी बैंक वित्तीय संस्थाका वैकल्पिक माध्यमबाट गरिने कनेक्ट आईपीएसमा ६ खर्ब ९० अर्ब बराबरको ९७ लाख ४७ हजारभन्दा बढी कारोबारहरु भएको कम्पनीले जनाएको छ ।
एनपीआईको प्रयोग गरेर आईपीएस र कनेक्ट आईपीएसबाट गरिने कारोबारमा उल्लेख्य वृद्धि भएको छ । विद्युतीय कारोबारको प्रयोगमा भएको वृद्धिसँगै नेपाल राष्ट्र बैंकको विभिन्न मार्गनिर्देश पछि पछिल्लो समय विद्युतिय कारोबार बढ्दो क्रममा रहेको छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक–वित्त संस्था, पीएसओ लगायत विभिन्न संस्थाहरुलाई विद्युतीय भुक्तानीमा ल्याउन पूर्वाधारहरुको विकास र विस्तार गर्दै आएको छ । सोही क्रममा हाल उपलब्ध भएका पूर्वाधार समेतलाई पुनः प्रयोग र थप गरी एनसीएचएलले राष्ट्रिय भुक्तानी स्वीचको काम समेत अगाडि बढाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More