Home रोजगारी कुवेतको एक कम्पनीले माग्यो २०० नेपाली कामदार, मासिक तलब कति ?

कुवेतको एक कम्पनीले माग्यो २०० नेपाली कामदार, मासिक तलब कति ?

by अर्थन्यूज

कुवेतको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको cosco accredited for cen. trading co. कम्पनीले २०० जना पुरुष नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले तलब खान बस्न सहित ३७ हजार माथि पाउनेछन् । इच्छुक कामदारले उज्यालो ओभरसिज प्रा लिको कार्यालय काठमाडौंमा मंसिर १७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च, भिसा स्ट्याम्पीङ शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाई टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More