Home फिचर मुक्तिनाथ विकास बैंक १६ औं वर्षमा प्रवेश

मुक्तिनाथ विकास बैंक १६ औं वर्षमा प्रवेश

by अर्थन्यूज

मुक्तिनाथ विकास बैंक १५ औं वर्ष पार गरी १६ औं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ ३२ शाखाको केन्द्रीय कार्यालयबाटै उदघाटन गरिएको थियो । बैंकले प्रदेश ०१ मा ४ वटा, प्रदेश ०२ मा ५ वटा , बाग्मती प्रदेशमा १३ वटा, गण्डकी प्रदेशमा २ वटा , लुम्बिनी प्रदेशमा ५ वटा र सुद्धरपश्चिम प्रदेशमा ३ वटा शाखा कार्यालयको औपचारीक रुपमा शाखा समुद्घाटन गरेको हो । उक्त समारोहको समुद्घाटन बैंकका अध्यक्ष भरत राज ढकालले गरेका थिए ।

यसैगरी, उक्त उद्घाटन समारोहमा अध्यक्ष ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उक्त उद्घाटन समारोहमा बैंकका वर्तमान सञ्चालक, पूर्व सञ्चालक , संस्थापक सेयरधनी, तथा बैंकका उच्च पदाधीकारी, शाखा प्रबन्धकहरुको उपस्थिति रहेको थियो ।

यसका साथै, बैंकले देशका सातै प्रदेशका क्षेत्रीय तथा शाखाहरुमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु गरेको जनाएको छ । जसमध्ये, विद्यालयमा स्टेशनरीका सामाग्रीहरु तथा फर्नीचर वितरण, विभिन्न अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण, विभिन्न ठाउँहरुमा डस्वीन वितरण, वित्तीय साक्षरता तथा डिजिटल बैंकिग साक्षरताका कार्यक्रम, विद्यार्थीहरुलाई न्यानो कपडा, स्कूल ब्याग वितरण, विद्यालयका पुस्तकालयलाई बस्ने कुर्सी सहयोग र विभिन्न संस्थालाई आर्थिक सहयोग गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More