Home बैंकिङविकास बैंक कर्पोरेट डेभलपमेण्ट बैंकले हकप्रद शेयर विक्री गर्ने

कर्पोरेट डेभलपमेण्ट बैंकले हकप्रद शेयर विक्री गर्ने

by अर्थन्यूज

कर्पोरेट डेभलपमेण्ट बैंकले माघ ७ देखि हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा ३० करोड रुपैया बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । कम्पनीको चुक्तापूँजी २० करोड रुपैया रहेको छ । संस्थापक तर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको सो कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी ५० करोड पुग्ने बताइएको छ ।

कम्पनीको अधिकृत पूँजी ६४ करोड र जारी पूँजी ५० करोड रहेको छ । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले पुस २५ मा १ दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २३ र २४ मा कारोबार नहुने हुँदा पुस २२ सम्म कायम शेयरधनीले मात्र हकप्रद खरिदका लागि आवेदन दिन सक्ने उल्लेख छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More