Home बैंकिङविकास बैंक कामना बैंकद्वारा मोबाइल एप मार्फत शाखा रहित सेवा

कामना बैंकद्वारा मोबाइल एप मार्फत शाखा रहित सेवा

by अर्थन्यूज

नेपालमै पहिलो पटक कामना सेवा विकास बैंक लिमिटेडद्वारा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । आफ्नो सेवा विस्तार गर्ने क्रममा गण्डकी प्रदेश अन्तर्गत बागलुङ जिल्लाको काठेखोला गाउँपालिका, वडा नं ५ बिहुँपोखरामा वडा नं ५ का वडा अध्यक्ष शिव प्रसाद कडेल बैंकका गण्डकी प्रदेश प्रमुख केदार नाथ शर्माले संयुक्त रुपमा मोबाइल एप प्रयोग गरी शाखा रहित बैंकिग सेवा समुद्घाटन गरेका हुन ।

यसैविच बैंकले सेयरधनीको हितग्राही खातामा बोनस सेयर पठाएको छ । कम्पनीको गत २३ कात्तिकमा सम्पन्न १५औं साधारण सभाबाट पारित १८ दशमलव ५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरेको हो । कम्पनीले ९ कात्तिकसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरिदिएको र सो मितिपछि अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।

यसैगरि, ९ कात्तिकसम्म सेयर धितोमा बन्धक राखी कर्जा लिएका सेयरधनीको हकमा बोनस सेयरसमेत कर्जा प्रवाह गर्नेसम्बन्धी बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाइ सेयरधनीको डिम्याट खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न आग्रह गरिएको सो बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More