Home बैंकिङविकास बैंक मुक्तिनाथ विकास बैंक ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित

मुक्तिनाथ विकास बैंक ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित

by अर्थन्यूज

मुक्तिनाथ विकास बैंक ‘अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लबद्वारा आयोजित अवार्डमा मुक्तिनाथ बैंक वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा सम्मानित भएको हो ।

उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका थिए । सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिलेको पोखरेलले बताए ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More