Home फिचर गरिमा विकास बैंकको नाफा ४९ करोड माथि

गरिमा विकास बैंकको नाफा ४९ करोड माथि

by अर्थन्यूज

गरिमा विकास बैंकले चालू आवको दोस्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३९ करोड ३५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४९ करोड २३ लाख पुगेको छ । कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ प्रतिशत वृद्धि भएको हो ।

गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख रहेको कम्पनीले जगेडामा रू.१ अर्ब १२ करोड ७६ लाख, रिटेन्ड अर्निङमा रू. १ अर्ब ३२ लाख र शेयर प्रिमियममा रू. ६७ लाख ६५ हजार सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्मम कम्पनीले रू. ६५ अर्ब ७५ करोड ३६ लाख  निक्षेप संकलन गरेर रू. ५८ अर्ब ७१ करोड ७३ लाख कर्जा लगानी गरेको हो ।

सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.३५ करोड ६१ लाख ८८ हजार रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी रू. २४ दशमलव ९७, मूल्य आम्दानी अनुपात २४ दशमलव १३ गुणा, तरलता अनुपात २१ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू। १५४ दशमलव १४ रहेको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More