Home यातायात लोकप्रिय बन्दै यांगलर अफरोड गाडी, यस्ता छन् विशेषता

लोकप्रिय बन्दै यांगलर अफरोड गाडी, यस्ता छन् विशेषता

by अर्थन्यूज

नेपाली बजारमा केहि महिना  अगाडी मात्रै भित्रिएक अफरोड गाडी जिप यांगलर लोकप्रिय बन्दै गएको छ । नेपालका आधिकारीक वितरक रहेको एमएडब्ल्यु ग्रुपले केहि महिना अघि मात्रै नेपाली बजारमा भित्र्याएको यांगलर आकर्षक लुक्स र नेपाली बाटोको लागी सुहाउदो अफरोड गाडी भएका कारण लोकप्रिय भएको हो । अमेरिकन ब्रान्ड जिप अफरोड र एडभेन्चर राइडका लागी यो गाडी नेपालमा मात्रै नभइ विश्वभर लोकप्रिय छ ।

यांगलर फोरह्विल सिस्टम, एलईडी हेडल्याम्प, फुल फ्रेम रिमुभेवल डोर, २१.३ सीएम टचस्क्रिन दिइएको छ । इन्टेरियरमा लक्जरी लेदर सिट, लोभलाग्दो डिजाइनले ग्राहकलाई आकर्षित गर्छ । २ हजार सीसीको गाडीमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन, अधिकतम पावर २०१ किलोवाट र टर्क ४०० एनएम जेनेरेट गर्छ ।

त्यस्तै, यो गाडीको ग्राउन्ड क्लियरेन्स २६० एमएम रहेको छ। जसले पहाडको जस्तो सुकै बाटोमा यात्रा गर्न कुनै समस्या हुँदैन । सुरक्षाको लागि एबिएस सहितको दुवै डिस्क ब्रेक रहेको गाडीमा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टमलगायत विभिन्न विशेषता यो गाडीमा रहेको छ । ८ स्पिड ट्रान्समिसन, प्रतिलिटर १० किलोमिटर माइलेज, टप स्पिड प्रति घण्टा १८० किलोमिटर रहेको छ । नेपाली बजारमा ५ ओटा कलरमा आएको यो गाडीले नेपाली सडकमा राम्रो उपस्थिति जनाउन थालेको छ। बजारमा यो गाडी ब्राइट ह्वाइट, ब्ल्याक, क्रिस्टल, स्टिङ ग्रे र फायर क्रेकर रेडमा उपलब्ध रहेको छ ।

खासगरी रुबीकोन, सहारा र ग्लाडिएटर भेरियन्टमा यांगलर नेपालमा उपलब्ध रहेको कम्पनीको भनाई छ । नेपाली बnew brand

जारमा रुबीकोनको सुरुवाती मूल्य २ करोड ६८ लाख रुपैयाँ तोकिएको छ भने सहाराको मूल्य २ करोड ६७ लाख रुपैयाँ निर्धारण गरिएको छ । नेपाल भित्रिएपछि जिप यांगलर झन्डै तीन दर्जन बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More