Home विश्व भारत: दिल्लीस्थित एक भवनमा आगलागी हुँदा दर्जनौँको मृत्यु

भारत: दिल्लीस्थित एक भवनमा आगलागी हुँदा दर्जनौँको मृत्यु

by अर्थन्यूज

दिल्लीमा रहेको एक कार्यालय भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको र कम्तीमा १२ जना घाइते भएको त्यहाँस्थित आपत्कालीन सेवा प्रदायकहरूले बताएका छन् । आगलागीको बेला त्यस चार तले भवनमा ७० जना भन्दा बढी मानिस रहेको बताइएको छ। प्रहरीले झ्यालको सिसा फोडेर मानिसहरूको उद्धार गरेको थियो ।

भारतको राजधानी दिल्लीको पश्चिममा रहेको मुन्ड्का मेट्रो स्टेसन नजिकै भएको घटनामा आगो निभाउन करिब २० वटा दमकल प्रयोग गरिएको थियो । आगलागी हुनुको कारण विद्युतीय अवरोधका (सर्ट सर्किट) भएको अनुमान गरिएको छ । ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मृत्यु हुनेहरूको परिवारका लागि दुई लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने बताएका छन् ।

आगो नियन्त्रणमा आएपछि उद्धार कार्य जारी राखिएको छ । प्राय शवहरू दोस्रो तलामा भेटिएको बताइएको छ । स्थानीय अधिकारी जोगीराम जैनका अनुसार प्रारम्भिक विवरणमा विद्युतीय अवरोधका कारण आगलागी भएको हो ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More