Home अपराध सौन्दर्य प्रतियोगितामा जिताइदिने भन्दै आयोजकले ‘यौन हिंसा’ गरेको जाहेरी प्रहरीमा पुग्यो

सौन्दर्य प्रतियोगितामा जिताइदिने भन्दै आयोजकले ‘यौन हिंसा’ गरेको जाहेरी प्रहरीमा पुग्यो

आयोजक भन्छ– प्रलोभनमा पार्नु गल्ती हो तर हारेपछि प्रतिशोध साँध्न खोजियो

by अर्थन्यूज

झापाको दमक नगरपालिकामा सौन्दर्य प्रतियोगितामा जिताउने प्रलोभन देखाउँदै यौन हिंसा भएको प्रतियोगीले आरोप लगाएकी छन् । ‘मिस्टर एन्ड मिस कलेज २०२२’ नामक

‘पछि डरले उहाँहरूले फोन गर्नुभयो, मैले प्रहरीसमक्ष जाने अडान कसेपछि ज्यान मार्ने धम्कीसमेत आयो,’ उनी भन्छिन्, ‘यसैले पनि प्रहरीसमक्ष उजुरी गरेका हौँ । म अन्यायमा परेकी छु ।’

बुधबार दिउँसो अङ्किताको परिवार र साथीहरू प्रहरीमा लिखित जाहेरी दिएको इलाका प्रहरी कार्यालय दमकका डिएसपी दिलीप गिरीले जानकारी दिए । उनका अनुसार जाहेरी परेपछि घटनाको अनुसन्धान थालिएको छ भने सोमबार शङ्करलाई सोधपुछका लागि बोलाइएको छ ।

यता, शङ्कर भने हारेपछि नियोजित रूपमा फसाउन खोजिएको बताउँछन् । प्रलोभनमा पार्नु गलत भएको स्वीकार्दै उनी यौन हिंसा नगरेको स्पष्ट पार्छन् । ‘मेरो नियत त्यस्तो होइन, अगाडिदेखि नै ती बहिनीले आयोजकसँग नजिक हुँदा प्रतियोगिता जितिन्छ भनेर हल्ला चलाएकी हुनाले सोधपुछ गरेको हुँ । कुराकानीका क्रममा मनसाय बुझ्ने हेतुले जिताइदिए के दिन्छौ भनेर प्रश्न गरेको हुँ ? त्यो मेरो भुल थियो, म स्वीकार्छु । तर त्यसबेला केही कुरा भएन, हारेपछि प्रतिशोध साँधियो ।’

यस्तै, शङ्करले पटक–पटक अङ्किताका परिवारले आर्थिक लेनदेनको कुरा निकालेको आरोप लगाउँदै भन्छन्, ‘प्रलोभनमा पार्नु भनेको अरू प्रतियोगीमाथि अन्याय गर्नु हो तर मैले प्रुफ राख्नका लागि त्यस्तो कुराकानी गरेको हुँ । तर स्क्रिनसट्स देखाउँदै मेरी पत्नीमाथि केरार गर्दा झगडा भयो । त्यसपछि उनीहरूले मापसे गरेर फोन गरे, लेनदेनको कुरा निकाले । म अरू विषयमा दोषी छैन, प्रहरी कार्यालय जान तयार छु । दोषी भए जेलनेल भोग्न तयार छु ।’

 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More