Home देश बुध्द एयरको काठमाडौं– वाराणसी उडान पुनः सञ्चालन

बुध्द एयरको काठमाडौं– वाराणसी उडान पुनः सञ्चालन

२ वर्षदेखि स्थगित बुध्द एयरको काठमाडौं– वाराणसी उडान फेरी सुरु

by अर्थन्यूज

कोभिड महामारीका कारण २ वर्षदेखि स्थगित बुध्द एयरको काठमाडौं– वाराणसी उडान फेरी सञ्चालनमा आएको छ।विगत २ वर्षदेखि स्थगित रहेको बुध्द एयरको अन्तर्राष्ट्रिय उडान आजदेखि पुनः सञ्चालनमा आएको हो । वाराणसीमा भारतीय तिर्थालुका साथै विदेशी यात्रुहरुको पनि चहलपहल निकै हुनेगरेको छ । यो उडानले विदेशी यात्रुहरुलाई पनि नेपाल आउजाउ गर्न सजिलो हुनेछ । 

त्यसैगरि भारतीय तिर्थालुहरुले पशुपतिनाथलगायत विभिन्न धार्मिकस्थलहरुको दर्शन गर्नसक्छन् । यस उडानबाट चर्को गर्मी छल्न ५० मिनेटको उडानमा भारतीय यात्रुलाई नेपाल आउन सहज हुनेछ । यसअघि बुध्द एयरले भारतको वाराणसी साताको २ उडान, प्रत्येक सोमबार र शुक्रबारको उडान तालिका सार्वजनिक गरेको थियो । आज त्यसै अनुसार काठमाडौंबाट बिहान ७ः१५ बजे बुध्द एयरको एटीआर जहाज भारतको वाराणसी उडान भरेको थियो । 

सो उडानमा यात्रु संख्या ४४ र उडान सञ्चालन दलका ६ जना रहेका थिए । त्यसैगरि वाराणसीबाट काठमाडौंको लागि ८ बजेर ४५ मिनेटमा उडान भरेको थियो । वाराणसीबाट ३९ जना यात्रु काठमाडौं आईपुगेका छन् । 
यो उडानबाट दुवै देशका व्यापारिक, धार्मिक तथा पर्यटकीय यात्रुहरुलाई सहज र सजिलो हुने बुध्द एयरले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

हिन्दुहरुका लागि वाराणसी मुख्य तिर्थस्थलहरुमध्ये एक हो । यहाँ विश्वनाथ मन्दिरलगायत भगवान बुध्दले पहिलोपटक प्रवचन दिनुभएको सारनाथ पनि नजिकै रहेको छ ।यसबाट पर्वतीय पर्यटन र सांस्कृतिक प्रवद्र्धनमा टेवा पु¥याउने विस्वास कम्पनीले लिएकोछ ।
बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजमार्फत दुवै देशका विभिन्न धार्मिक, पर्यटकीय गन्तव्यहरुको आकर्षक होलिडे प्याकेज पनि सञ्चालनमा आएको छ ।

बुध्द एयरसँग ११ वटा एटीआर–७२, २ वटा एटीआर–४२ र २ वटा बीचएयरक्राफ्ट जहाजहरु रहेका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More