Home विश्व डोमिनिकन रिपब्लिकका मन्त्रीको कार्यकक्षमा गोली हानेर हत्या

डोमिनिकन रिपब्लिकका मन्त्रीको कार्यकक्षमा गोली हानेर हत्या

by अर्थन्यूज

 डोमिनिक रिपब्लिकका वातावरण तथा प्राकृतिक स्रोतसाधन मन्त्रीको आफ्नै कार्यलयभित्र गोली हानेर हत्या भएको छ । ओलान्डो जोर्ग मिरालाई एक निकट साथीले गोली हानेर हत्या गरेका हुन् । आक्रमण हुँदा ५५ वर्षीय ओरलान्डो बैठकमा सहभागी थिए ।

उनीमाथि ६ राउन्ड गोली प्रहार गरिएको थियो । आत्रलमणकारी मिगुल क्रुज मन्त्री ओलान्डोका बाल्यकालदेखिकै साथी भएको राष्ट्रपतिका प्रवक्ताले जनाएका छन् । आक्रमणकारीलाई जेल चलान गरिएको छ । आक्रमणको कारण खुलेको छैन् । ओरलान्डो वर्तमान राष्ट्रपति लुइस अबिनादरको प्रशासनमा सन् २०२० को जुलाइदेखि सेवा गरेका थिए । एक ट्वीटमा राष्ट्रपति अबिनादरले ओरलान्डोको परिवारमा गहिरो समवेदना व्यक्त गर्दै आफ्नो असल साथीको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More