Home बैंकिङ सन्तोष कुमार राठी एनआईसी एशिया बैंकको डेपुटी सीईओमा नियुक्त

सन्तोष कुमार राठी एनआईसी एशिया बैंकको डेपुटी सीईओमा नियुक्त

एनआईसी एशिया बैंकको डेपुटी सीईओमा सन्तोष कुमार राठी नियुक्त

by अर्थन्यूज

एनआईसी एशिया बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा सन्तोषकुमार राठी नियुक्त भएका छन् ।

८ जेठमा बसेको सञ्चालक समितिको बैंठकले राठीलाई १ साउन २०७९ देखि लागू हुनेगरी डेपुटी सीईओमा नियुक्त गरेको बैंकले जनाएको छ ।

१९ मंसिर २०६४ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट यस बैंकको सेवामा जोडिएका थिए ।

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा राठीको विशेष दक्षता रहेको बैंकले जनाएको छ ।नेपालको बैंकिङ क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव सम्हालेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More