बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रा. लि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वीप तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले बताएको छ ।
पर्यटकियनगरी पोखरामा रहेको यस अन्नपूर्ण केबल कार प्रा.लि. ले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।