Home फिचर बैशाखमा खस्कियो बीमा कम्पनीको प्रथम बीमा शुल्क

बैशाखमा खस्कियो बीमा कम्पनीको प्रथम बीमा शुल्क

चैत महिनाको तुलनामा बैशाखमा खस्कियो बीमा कम्पनीको प्रथम बीमा शुल्क, व्यवसायमा नविकरण बीमा शुल्कको आड

by अर्थन्यूज

चैत महिनाको तुलनामा बैशाख महिनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन घटेको छ । समितिको तथ्याङकलाई हेर्दा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन गत चैत महिनाको तुलनामा बैशाख महिनामा घटेको हो । बैशाख महिनामा कम्पनीहरुले २ अर्ब २५ करोड ३८ लाख रुपैयाँ मात्रै प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यीनै कम्पनीहरुले गत चैत महिनामा २ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।

पछिल्लो समय जीवन बीमा व्यवसाय नविकरण बीमा शुल्कमा नै केन्द्रित हुनुपरेको अवस्था देखिएको छ । बैशाख महिनामा कम्पनीहरुले प्रथम बीमा शुल्कभन्दा नविकरण बीमा शुल्क बढी संकलन गरेका छन् । बैशाख महिनामा अधिकांश जीवन बीमा कम्पनीहरु नविकरण बीमा शुल्क आर्जनमा केन्द्रित भएको देखिएका छन् । बैशाख महिनामा जीवन बीमा कम्पनीहरुले ५ अर्ब ६० करोड रुपैयाँ नविकरण बीमा शुल्क उठाएका छन् ।

आर्थिक वर्ष २०७८ /७९ को १० महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २६ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । बैशाख महिनामा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस महिनामा ३७ करोड ९० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले बैशाख महिनामा २८ करोडरुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस महिनामा २१ करोड ६३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, यूनियन लाइफले ९ करोड ६७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । रिलायन्स लाइफले ९ करोड ६० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफले ६ करोड २२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्राइम लाइफले ५ करोड ६८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । प्रभु लाइफले ४ करोड ५४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा संस्थानले ४ करोड ४४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । महालक्ष्मी लाइफले ३ करोड ९६ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । गुराँस लाइफले ३ करोड ७४ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सानिमा लाइफले ३ करोड ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

 

इन्स्योरेन्स खबर

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More