Home अर्थतन्त्र लुक्लामा नौ दिनदेखि जहाजले उडान भर्न सकेन, पर्यटक अलपत्र

लुक्लामा नौ दिनदेखि जहाजले उडान भर्न सकेन, पर्यटक अलपत्र

by अर्थन्यूज

मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको लुक्लामा करिब डेढ सय पर्यटक अलपत्र परेका छन् । मौसमका कारण नौ दिनदेखि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा जहाजले उडान भर्न नसक्दा काठमाण्डौ फर्किने झण्डै १ सय ५० जना पर्यटक अलपत्र परेका नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका प्रमुख द्वारीका अछामीका अनुसार निरन्तर मौसम प्रतिकूल हुँदा गएकाे आइतवारदेखि जहाजले उडान भर्न सकेको छैन । निरन्तर रुपमा मौसम प्रतिकूल हुँदा सबै उडान तालिकाहरु रद्द भइरहेका प्राधिकरणले जनाएको छ ।

विदेशी पर्यटकहरु सल्लेरीमा

मौसम प्रतिकूलताका कारण लुक्लामा जहाजले उडान भर्न नसकेपछि विदेशी पर्यटकहरु सदरमुकाम सल्लेरीमा देखिन थालेका छन् । तेन्जिङ हिलारी विमानस्थलको सबै उडानहरु रद्द हुन थालेपछि केही पर्यटकहरु लुक्लाबाट पैदल हिँडेर सल्लेरी हुँदै गाडीमार्फत काठमाण्डाै जान थालेका हुन् । केहीदिनयता सल्लेरीबाट गाडी मार्फत काठमाण्डौ जाने विदेशी यात्रुहरु बढेको यातयात व्यवसायीहरुले बताएका छन् ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More