कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ८० देखि ९० रूपैयाँसम्ममा कारोबार भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ४२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म कायम गरिएको छ । यस्तै सुकेको प्याज (भारतीय) ३८ देखि ४० रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ । कागती प्रति किलो १४० रुपैयाँदेखि १८० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
हेर्नुस् अन्य तरकारी तथा फलफूलको मूल्यसूची
Facebook Comments