नेपाल बैंक लिमिटेडले २ अर्ब ५० रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ | यसका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरिएको छ |
बैंकले १० वर्ष अवधिको ‘१०.५०% नेपाल बैंक ऋणपत्र २०८४’ ऋणपत्र जारी गर्न लागेको हो जसमा वार्षिक १०.५०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बैंकले नियमनकारी निकायहरुबाट स्वीकृति लिन बाँकी रहेको हुनाले स्वीकृति पाएपश्चात मात्र ऋणपत्र जारी हुनेछ ।
Facebook Comments