Home रोजगारी रोमानियामा नेपाली कामदारलाई रोजगारको अवसर

रोमानियामा नेपाली कामदारलाई रोजगारको अवसर

by अर्थन्यूज

रोमानियाको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि ४७ जना पुरुष र १५ जना महिला गरी जम्मा ६२ जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ६८ हजार माथिदेखि ८० हजार बढि पाउनेछ । इच्छुक कामदारले कर्म इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिससेज प्रालिको कार्यालय ज्ञानेश्वर काठमाडौंमा असार ९ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More