Home फिचर पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

by अर्थन्यूज

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । आइतबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

निगमले आज राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा २१ रुपैयाँ, डिजेल र मट्टितेलमा २७ रुपैयाँ, आन्तरिक हवाइ इन्धनमा १९ रुपैयाँ र बाह्य हवाइ इन्धनमा प्रति किलोलिटर १०० डलरले वृद्धि गरेको जनाएको छ । अब पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ पर्नेछ । त्यस्तै, आन्तरिक हवाइ इन्धन प्रतिलिटर १८५ रुपैयाँ पुर्याइएको छ भने खाना पकाउने ग्याँसको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More