Home फिचर स्वास्थ्य बीमा बोर्डको वार्षिक नीति तथा कार्यक्रम : बीमामा आवद्ध घरपरिवार संख्या ५०% पु-याइने

स्वास्थ्य बीमा बोर्डको वार्षिक नीति तथा कार्यक्रम : बीमामा आवद्ध घरपरिवार संख्या ५०% पु-याइने

बोर्डले आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो लक्ष्य रहेको जनाएको हो

by अर्थन्यूज

स्वास्थ्य बीमा बोर्डले बीमामा आवद्ध घर संख्या ३३ प्रतिशतबाट ५० प्रतिशतमा पु-याउने लक्ष्य लिएको छ। बोर्डले आर्थिक वर्ष २०७९/८० का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सो लक्ष्य रहेको जनाएको हो।

हालसम्म बीमा कार्यक्रममा १७ लाख ४३ हजार ४७ परिवार अर्थात ३२ दशमलब १४ प्रतिशत परिवार र ५६ लाख ५७ हजार ७२५ अर्थात २१ दशमलब ३५ प्रतिशत नागरिक आवद्ध भएका छन् । सो नीति तथा कार्यक्रममा बीमा कार्यक्रमलाई प्रभावकारीरूपमा संचालन गर्नका लागि बीमा व्यवस्थापन सूचना प्रणालीमार्फत प्राप्त सूचनालाई व्यवस्थित गरी तथ्य पत्ता लगाउने, सेवा ग्राही र सेवा प्रदायक स्वास्थ्य संस्थाका आवश्यक अध्ययन अनुसन्धान गरी प्राप्त तथ्यका आधारमा योजना निर्माण गर्ने प्रक्रिया अगाडि बढाइने नीति बोर्डले लिने भएको छ ।

बीमा कार्यक्रमलाई अझै प्रभावकारीरूपमा संचालन गर्न राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग समन्वय गरी स्मार्ट कार्ड प्रविधि अपनाई क्रमश: लागु गर्दै लगिने बोर्डले उल्लेख गरेको छ । त्यस्तै, कडा रोगको उपचारसँग सम्बन्धित कार्यक्रमलाई बीमा व्यवस्थापन सूचना प्रणालीमा आबद्ध गरी सञ्चालन गर्न आवश्यक जनशक्ति, कार्यविधि, निर्देशिकाका साथै अन्य व्यवस्थापन गर्ने र स्वास्थ्य बीमा सम्बन्धी विषयलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न पहल गर्ने भएको छ । त्यस्तैगरी, नागरिकको आवद्धता र नवीकरणको (दर वृद्धि नवीकरण नगर्ने दरलाई कम गर्ने) गर्नका लागि ड्रप आउट बढी भएको र आवद्धता कम भएका क्षेत्रमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम संचालन गर्ने कार्यक्रममा उल्लेख छ ।

हेर्नुहोस् स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको १७ बुँदे वार्षिक नीति तथा कार्यक्रम 

https://drive.google.com/file/d/1ngYgfbiOfvWf-4ILj-7vA0LeyNfgJ7nz/view

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More