Home बीमा ज्योति लाइफको नयाँ बोनस दर सार्वजनिक

ज्योति लाइफको नयाँ बोनस दर सार्वजनिक

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नयाँ बोनस दर कायम

by अर्थन्यूज

ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर कायम गरेको छ । कम्पनीले बीमा समितिबाट श्रावण ६ गते स्वीकृत भएअनुसार विभिन्न प्रकारका बीमा योजनाहरूको आर्थिक वर्ष २०७७/७८ को बोनस दर सार्वजनिक गरेको हो । कम्पनीले सावधिक तथा आजीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस कायम गरेको छ ।

यस्तै, कम्पनीको सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । त्यसैगरी, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ५० रूपैयाँसम्म बोनस पाइनेछ । कम्पनीको ज्योति एजी पे जीवन बीमा योजनामा प्रति हजार न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More