अफ्रिकी मुलुक कंगोको गोमा शहरमा संयुक्त राष्ट्रसंघको विरोध गरिरहेकाहरूमाथि सुरक्षाकर्मीले गोली चलाउँदा पाँचजनाको मृत्यु भएको सरकारी स्रोतलाई उद्धृत गर्दै एएफपी समाचार संस्थाले खबर दिएको छ ।
देशको पूर्वी भागमा रहेको गोमा शहरमा असन्तुष्ट नागरिकहरूले देशबाट राष्ट्रसंघ हट्नुपर्ने माग गरिरहेका छन् । विरोधका क्रममा लुटपाट मच्चिएपछि सुरक्षाकर्मीहरूले गोली चलाएका हुन् । राष्ट्रसंघको शान्तिसेना मिसनले द्वन्द्वग्रस्त पूर्वी भागमा अस्थिरता रोक्न नसकेको भन्दै स्थानीयहरू आक्रोशित भएका हुन् ।
Facebook Comments