Home अपराध नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

One arrested with Duplicate notes

by अर्थन्यूज

नक्कली नोटसहित वीरगन्जमा एक जना पक्राउ परेका छन्। वीरगंज महानगरपालिका-११ श्रीपुरटोलस्थित सडकबाट रौतहट परोहा नगरपालिका-३ बस्ने ३२ वर्षीय बिटु दुवेदीलाई १ हजार दरको ६ थान नक्कली नोटसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो।  

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त नक्कली नोट फेला परेको थियो। 

मुद्रा सम्बन्धी (खोटा चलन) कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More