Home सुचना-प्रविधि आईफोन १४ ल्याउँदै एप्पल कम्पनी, के कस्ता छन् सुविधा ?

आईफोन १४ ल्याउँदै एप्पल कम्पनी, के कस्ता छन् सुविधा ?

by अर्थन्यूज

एप्पल कम्पनीले आईफोनको १४ औं सिरिजको मोडलका मोबाइलहरु ल्याउने तयारी गरेको छ । यो तयारीसँगै यसको प्रतिक्षामा रहेका मानिसहरुले विभिन्न अनुमान गरेका छन् । लामो समयदेखि आईफोन १४ चलाउन प्रतिक्षा गरिरहेकाहरुले विभिन्न अनुमान समेत गरिरहेका छन् ।

आईफोन १४ का बारेमा प्राप्त भएको केही नयाँ जानकारी अनुसार यसमा पनि आईफोन १३ कै ए १५ चिप प्रयोग हुनेछ । आईफोन १३ को भन्दा फरक प्रोसेसर आईफोन १४ मा हुनेछैन । आईफोन १३ को तुलनामा आईफोन १४ को प्रोसेसरको स्पिड भने राम्रो हुने जानकारीमा उल्लेख गरिएको छ । आईफोन १४ मा ५–कोर जीपीयू प्रोसेसर प्रयोग हुनेछ । आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्समा भने ए १६ चिपको प्रयोग हुनेछ । यी दुई मोडलमा नयाँ ६ जीबी फास्टर र्‍यामको प्रयोग गरिनेछ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More