Home देश नेपालमा टाटा नेक्सन ईभीको पहिलो बर्ष पुरा

नेपालमा टाटा नेक्सन ईभीको पहिलो बर्ष पुरा

Tata Nexon EV completes its first year in Nepal

by अर्थन्यूज

सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन इभीको नेपाली बजारमा विक्री वितरण प्रारम्भ गरेको पहिलो वर्ष सफलतापूर्वक सम्पन्न गरेको छ । ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सद्वारा गरिएको सिप्रदीले जनाएको छ ।

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन इभी नेपालमा ल्याएको थियो । एक वर्षको छोटो अवधिमै यसले आफूलाई लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन इभी एक्लैले ओगटेको छ ।

सफलताको प्रमुख कारण आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून संचालन खर्च, उत्कृष्ट कार्यक्षमता आदि रहेका छन । त्यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताबाट यो सुसज्जित रहेको पनि उल्लेख छ । फास्ट चार्जिङ्ग र स्लो चार्जिङ्ग दुवैको लागि चार्जिङ्ग स्टेसनको वृहत संजाल एवं अत्याधुनिक सुविधा सम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन इभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको उल्लेख छ ।

यसलाई नेपालकै पहिलो एवं स्मार्ट इभी चर्जिङ्ग एप ‘इजी’ एप–मार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल १ हजार भन्दा बढी परिवारले गरिरहेका छन । दक्ष कर्मचारी एवं भौतिक संशाधनको प्रभावकारी परिचालन गरि सिप्रदीले नेक्सन इभीका हरेक ग्राहकले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि संचालन गरिरहेको छ ।

यस कम्पनीको १६ डिसी फास्ट चार्जरको सबैभन्दा व्यापक संजाल रहेको छ भने यसले हालसम्म होटेल, अस्पताल, बैंक, मल र रेस्टुरेन्ट जस्ता सार्वजनिक स्थानमा १ सय २० भन्दा बढी एसी चार्जरहरु जडान गरेको पनि उल्लेख छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More