Home ऊर्जा भारतमा बिजुली बेचेर नेपाल विद्युत प्राधिकरणले कमायो साढे तीन अर्ब

भारतमा बिजुली बेचेर नेपाल विद्युत प्राधिकरणले कमायो साढे तीन अर्ब

Nepal Electricity Authority earned three and a half billion by selling electricity in India

by अर्थन्यूज

नेपालले दुई महिनामा भारतलाई बिजुली बेचेर साढे तीन अर्ब रुपैयाँ आर्जन गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ट्वीटरमार्फत् यस्तो जानकारी गराएका हुन् । नेपालले १९ जेठदेखि भारतमा प्रतिस्पर्धी दरमा विद्युत निर्यात शुरु गरेको थियो ।

शुभ समाचार भन्दै’ प्रबन्ध निर्देशक घिसिङ्ले लेखेका छन्, ‘नेपाल विद्युत प्राधिकरणले दुई महिनाको बीचमा सबै खर्च कटाएर भारतमा निर्यात गरेको विद्युतबाट साढे तीन अर्ब भन्दा बढी रुपैयाँ कमाएको छ ।’

नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा बिजुली निर्यात गरिरहेको छ । दुई देशबीच भएको सहमतिअनुसार नेपालले भारतलाई ३६४ मेघावाटसम्म विद्युत निर्यात गर्न पाउने छ । नेपालका ६ वटा जलविद्युत आयोजनामा उत्पादित विद्युत् खरिद गर्न भारतले सहमति जनाएको सम्बद्ध अधिकारीहरुको भनाइ छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More