साइप्रसले नेपाली कामदारको माग गरेको छ । साइप्रस सहरमा रहेको एक कम्पनीले विभिन्न पदका लागि १० जना पुरुष र १० महिला गरी जम्मा २० जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले मासिक तलब खन बस्नसहित ४० हजार माथिदेखि एक लाख ९१ हजार बढि पाउनेछन् । इच्छुक कामदारले ओम श्री महाशक्ति इमप्लोइमेन्ट प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा साउन १९ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।