Home सुचना-प्रविधि शाओमीले रेड्मी १० ए नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

शाओमीले रेड्मी १० ए नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

Xiaomi released Redmi 10A in the Nepali market

by अर्थन्यूज

 ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १० ए नेपाली बजारमा सार्वजनिक गरेको छ। किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १० ए प्रयोगकर्ताको उत्पादकता बढाउन समर्पित छ ।

लन्चका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने, ‘टेक्नोलोजीको सन्दर्भमा शाओमीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनहरुको विस्तृत दायराका साथ औधोगिक बेन्चमार्कहरु पार गरेको छ । ग्राहकको रेडमी प्रतिको विश्वासले हामीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरु स्थापित गरी रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको छ। क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्य सम्पादन र पावर–प्याक ब्याट्रीको सुधारका साथ हामीले रेड्मी १०ए बजारमा ल्याएका छौँ।’

यसमा रहेको १३ एमपी मेन क्यामेरा र २एमपी देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचे जस्तै फोटो खिच्न र यादगार पलहरु सहज रुपमा रेकर्ड गर्न मद्दत गर्दछ । रेड्मी १०ए मा पावर अपका लागि MediaTek Helio G25  प्रोसेसर जडित छ । जुन २.०जीएचजेडसम्मको क्षमता रहेको अक्टा–कोर सीपीयू हो। यसमा लामो समयसम्म चल्ने ५,०००एमएएच ब्याट्री जडित छ । जसले तपाइँलाई पूरा दिन सक्रिय रहन मद्दत गर्दछ । यो स्मार्टफोन १०डब्ल्यूको चार्जिङ अडाप्टरका साथ उपलब्ध छ । रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरी तीन रंगहरुमा उपलब्द छ । यो फोन २ जीबीं ३२ जीबी र ३ जीबीं ६४ जीबी स्टोरेज भेरियन्टमा आउँदछ। जसको मूल्य क्रमशः रु. १३ हजार ९९९ र रु. १५ हजार ९९९ रहेको छ । रेड्मी १० ए १३ साउनदेखि देशभरका सबै अधिकृत मी स्टोरहरुमा उपलब्ध छ ।

Facebook Comments

सम्बन्धित खवर

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More