सरकारले वैदेशिक रोजगार छात्रवृत्ति कार्यक्रम सञ्चालनमा ल्याएको छ। २०७९ को शैक्षिक सत्रका लागि यो कार्यक्रमअन्तर्गत आवेदन खुलाएको हो। श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूर्णरुपमा अशक्त वा विरामी भएका कामदारका बालबालिकालाई छात्रवृत्ति दिन लागेको हो ।
वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग वा विरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएको हुनुपर्ने शर्त छ । छात्रवृत्ति योजनाअनुसार आधारभूत तहमा ८ हजार रुपैयाँ र माध्यमिक तहमा १२ हजार रुपैयाँ प्रदान गर्ने योजना छ ।
Facebook Comments